दिल्ली क्यापिटल्सको टोलीमा ५ जना कोरोना संक्रमित,खेलको स्थान परिवर्तन



काठमाडौं,६ वैशाख । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अप्रिल २० मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल पुणेबाट मुम्बईमा सारेको छ। दिल्ली क्यापिटल्सको टोलीमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि खेलको स्थान परिवर्तन गरिएको बीसीसीआईले जनाएको छ ।बसको लामो यात्रामा कुनै दुर्घटना हुन नदिन खेलको स्थान परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

दिल्ली क्यापिटल्सको शिविरमा कोभिड पोजिटिभ भेटिएका पाँच जना फिजियोथेरापिस्ट पेट्रिक फरहत, स्पोर्ट मसाज थेरापिस्ट चेतन कुमार, खेलाडी मिचेल मार्श, टिमका डाक्टर अभिजीत साल्वी र सोशल मिडिया कन्टेन्ट टिमका सदस्यआकाश माने हुन् ।उनीहरु सबैलाई आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । संक्रमण सुरु भएको छैटौं वा सातौं दिनमा पुनः परीक्षण गरिने बोर्डले जनाएको छ । बोर्डले यो पनि बताएको छ कि अप्रिल १६ देखि दिल्ली क्यापिटल्सको सम्पूर्ण टोलीको हरेक दिन कोरोना परीक्षण हुन्छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग