वीरगन्ज महानगरपालिकाको नगरप्रमुख सरावगीद्वारा सरकारी गाडी फिर्ता



वीरगन्ज ,७ वैशाख । वीरगन्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगीले आज नगर प्रमुखको रुपमा लिएको सुबिधा बापतको गाडी नपाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेलाई बिशेष कार्यक्रमको बीच बुझाएका छन । उनी नगर प्रमुख भएपछि लामो समय सम्म गाडि नलिएको भएपनि तत्कालिन अवस्थामा सुरक्षाको थ्रेड र माथिल्लो निकायका भिआइपी आउँदा सुविधा सम्पन्न सवारी साधान आवश्यक पर्ने कुरा स्थानीय सुरक्षा निकायले अवगत गराएपछि नपाले गाडि किनेको थियो । तत्कालिन अवास्थामा १ करोड ४४ लाखमा खरिद गरिएको उक्त गाडि आज २ करोड भन्दा बढी पर्ने भएको छ । गाडीको साँचो हस्तान्तरण गर्दै नगरप्रम’ख सरावगीले गाडि नगरबासीको सम्पति भएको हुनाले उनीहरुको नासो निर्बाचनको बेला कसैले पनि दुरुपयोग गर्न नपावस भनेर जनताकै प्रतिनिधीम’लक संस्था नपालाई बुझाएको धारणा राख्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन