राप्रपाको घोषणापत्र सार्वजनिक ः १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षा देखि सुत्केरीलाई ३ हजार भत्ता



काठमाडौँ, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वननिक गरेको हो । ‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको घोषणापत्र सार्वजनिक गरिएका हुन् । घोषणापत्र सार्वजनिक गर्दे अध्यक्षले लिङदेनले राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उल्लेख गर्नुभयो ।

राप्रपाको प्रतिबद्धता पत्रमा परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ ।राप्रपाले १२ कक्षासम्म पूर्ण निःशुल्क बनाउने तथा सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने तथा १–१ प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने भनिएको छ ।

छात्राहरूलाई निशूल्क सेनिटरी प्याड तथा छुट्टै शौचालय अनिवार्य गर्नेजस्ता योजनाहरू पनि घोषणापत्रमा भनिएको छ ।हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका कार्यक्रम समेटिएका छन् । निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने आश्वासन राप्रपाले दिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग