वीरगन्ज महानगरमा मेयर,जसपालाई दिने सत्ता गठबन्धनको निर्णय पुनर्विचार गरिदिन पर्साका कांग्रेस नेताहरुको आग्रह



वीरगन्ज ,८ वैशाख । वीरगन्ज महानगरपालिकाको मेयर, जनता समाजवादी पार्टी जसपालाई दिने सत्ता गठबन्धनको निर्णय पुनर्विचार गर्न आग्रह गरेका कांग्रेस पर्साका नेताहरुले आज फेरी कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट गर्ने भएका छन् । वीरगन्जबाट काठमाडौं गएका पर्साका कांग्रेस नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासंग आज फेरी भेटने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले जानकारी दिनुभयो ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री एंव पार्टी सभापति देउवालाइ भेटेर पर्साका नेताहरुले वीरगन्जबारे शीर्ष नेताहरुले गरेको सहमती पुनर्विचार गरिदिन आग्रह गरेका थिए । जवाफमा सभापती देउवाले वीरगन्जबारे गठबन्धनका शीर्ष नेताहरुसंग फेरि एक पटक छलफल गर्ने आश्वासन दिएकोले आज फेरी भेट्न लागेको केन्द्रीय सदस्य रमेश रिजालले बताउनुभयो । आज बिहान सम्म सभापती देउवासँगको भेटपछि निर्र्णय सुन्ने र त्यसपछि जिल्लाका नेताहरुको बैठक बसेर वीरगन्ज महानगरका बारेमा निर्णय गरिने पनि रिजालले बताउनुभयो ।

भेटमा सहभागी कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले पनि वीरगन्जका सन्दर्भमा गठबन्धनको शीर्ष नेतृत्वले गरेको सहमतिमा पुर्नविचार गरिदिन देउवासंग आग्रह गरिएको बताउनुभयो । सभापती देउवाले निर्णयको विषयमा सत्ता गठबन्धमा कुरा गर्छु भन्नुभएकोले फेरी भेट्न लागेको कांग्रेस पर्सा जिल्ला सभापती जनार्दनसिंह क्षेत्रीले बताउनुभयो । हिजो साँझ सभापती देउवासंग भएको भेटमा कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया, पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापती जनार्दनसिंह क्षेत्री, संविधानसभा सदस्य अनिल रुंगटाको सहभागीता रहेको थियो ।

पर्साका कांग्रेस नेताहरुले वीरगन्ज महानगरमा गठबन्धन नगरि कांग्रेस एक्लैले चुनाव जित्न सक्ने अवस्था रहेको भन्दै शीर्ष नेतृत्वलाइ निरन्तर दबाब दिँदै आएका थिए। तर हिजो काठमाडौंमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले वीरगन्जको मेयर जसपालाई दिने सहमति गरेपछि पर्सामा कांग्रेस नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् । त्यही भएर हिज्े वीरगन्जबाट काठमाडौं गएर जिल्लाका कांग्रेस नेताहरुले पार्टी सभापति देउवालाइ भेटेर वीरगन्ज बारे पुनर्विचार गरिदिन आग्रह गरेका हुन्। यसअघि गत शनिवार बेलुकी गठबन्धनमा रहेका कांग्रेस र (जसपा) का जिल्ला सभापतीहरुले वीरगन्ज महानगरसहित पर्साका सबै पालिकामा गठबन्धन नगरि छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेर संयुक्त विज्ञप्ती नै जारी गरेका थिए ।

यसअघि गत चैत ३० गते बसेको कांग्रेस जिल्ला कार्य समितिको बृहत बैठकले पनि वीरगन्जसहित पर्सा जिल्लाका सबै १४ पालिकामा कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय नै गरेको थियो । त्यही दिन वीरगन्जमा कांग्रेसका क्षेत्रीय सभापति, नगरसभापति र महाधिवेशन प्रतिनिधीहरुले पनि पत्रकार सम्मेलन नै गरेर केन्द्रले जबरजस्ति गठबन्धन गरे विद्रोह गर्ने चेतावनी दिएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन