रुससँग वार्ताका लागि युक्रेनको प्रस्ताव



 

एजेन्सी,८ बैशाख । युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको छ । मारियुपोल शहरमा रुसी आक्रमण तीव्र भएका बेला युक्रेनले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव पठाएको बीबीसीले जनाएको छ ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन ।युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्वीट गरेका छन् । रुसले मारियुपोल नियन्त्रण गरे त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ । मारियुपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने