बिजय कुमार सरावगीद्धारा वीरगन्ज महानगरको मेयर पदबाट राजिनामा



वीरगन्ज ,९ वैशाख । बीरगंज महानगरपालिकाको नगर प्रमुख बिजय कुमार सरावगीले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको छ । बहालवाला महानगर प्रमुख सरावगीले आउंदो स्थानीय तहको निर्बाचनमा पुन प्रमुख पदको रुपमा उम्मेदवार बन्ने पक्का पक्की भएपछि हिजै नगर उपप्रमुख समक्ष राजिनामा पत्र बुझाउनुभएको हो ।

उम्मेद्वारी दर्ता गर्नु भन्दा अगावै पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रबाधानलाई टेक्दै उहाँले महानगरपालिकामै पुगेर राजीनामा पत्र उपप्रमुख कार्कीलाइ बुझाउनु भएको हो । यसअघि उहाँले अस्ती मात्र आफुले प्रयोग गर्दै आउनु भएको सरकारी गाडि र त्यसको साँचो समेत प्रमुख कार्यकारी अधिकृत निष्छल राज पाण्डेलाई बुझाउनु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन