कलैया उपमहानगरपालिकाको मेयरको उम्मेद्वारमा एमालेबाट चार जनाको नाम सिफारिस



वीरगन्ज ,९ वैशाख । नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयरको उम्मेद्वारमा चार जनाको नाम सिफारिस गरेको छ ।कलैयाको मेयर उम्मेद्वारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, प्रदेशसभाका पुर्व प्रत्यसी कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको एमाले जिल्ला कमिटी सदस्य पुरुषोत्तम साहले जानकारी दिनुभयो ।

त्यस्तै कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुन र प्रतिमा यादवको नाम प्रदेश कमिटीमा सिफारिस गरेको साहले बताउनुभयो । यसअघी २०७४ सालको स्थानिय निकाय निर्वाचनमा जम्मा १ सय ८४ मतले काँग्रेसका उम्मेदवारबाट पराजित भएका बिनोद साह पुनः मेयरको उम्मेदवार लगभग तय रहेको एमाले मधेस प्रदेश कमिटिले जनाएको छ ।

२०५४ सालमा एमालेबाटै तत्कालिन कलैया नगरपालिकाको उपमेयर भएका साह २०७० को संबिधानसभा सदस्य तथा २०७४ को कलैयाको मेयर पदमा झिनो मतान्तरले पराजित हुनु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण