पालिका चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)



काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाउनुभयो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।आज सात सय ५३ वटा सबै पालिकामा पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एमालेले सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिकादेखि जनप्रतिनिधि शासक होइन जनताका सेवक हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान गर्ने १७ जना योद्धालाई सम्मान समेत गरेको छ ।

पूर्णपाठसहित


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन