स्नातक तहका विद्यार्थीहरु आश्रममा भोजनसेवा



वीरगन्ज ,१२ वैशाख। विध्यार्थीको एक समुहले आफुले पाउने खाजा खर्चबाट बचेको पैसाले मानव सेवा आश्रम वीरगन्ज शाखामा भोजनसेवा दिएका छन ।

वीरगन्ज स्थित वीरगन्ज कलेजका स्नातक तहका विद्यार्थीहरु मिलेर मानवसेवा आश्रममा आश्रीत आमा बुवाहरुलाई खाना बितरण गरेका हुन । पढाइ संग संगै समाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यका साथ सामाजिक कार्यमा लागेको भोजनसेवामा मुख्य भुमिका निर्वाह गरेका आनन्द साहले बताउनु भयो ।

कलेजका लेखा प्रमुख सुरेश चौधरी र डा.आशोक सरको अध्यक्षतामा भोजनसेवा कार्यक्रम सम्पन्न भएको छ।

भोजनसेवा कार्यक्रममा आनन्द साह , आयुस सरार्फ , मुस्कान मिश्र , सोनी यादव , सुनिता साह , बर्षा रौनियार , सङ्ग्म चौधरी , बनार्शी साह , जुनेद आलम लगायत सम्पुर्ण स्नातक तहका बिद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
पालिका चुनावको लागि उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार नाघ्यो मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने
म्यादी प्रहरी आजबाट परिचालन
मतदाता शिक्षा कार्यक्रमबारे अन्योल