स्थानीय तह निर्वाचनमा देशभरबाट १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी



वीरगन्ज ,१३ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा दशेभरबाट १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ ।बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ७ सय ५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र गरि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार गरि दुइ दिन तोकिएको थियो ।

निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ ।गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनुभयो ।आयोगका अनुसार सबै भन्दा बढि मधेस प्रदेशमा उम्मेदवारी परेको छ ।

मधेस प्रदेशका १ सय ३६ पालिकामा विभिन्न पदमा गरि ३४ हजार ७४७ जनाको उम्मेदवारी परेको हो ।मधेस प्रदेशका पालिका प्रमुखमा १३०३‚ अध्यक्षमा ८६६‚ उपप्रमुखमा ६२४ र उपाध्यक्षमा ४६१ उम्मेदवारी परेको छ ।मधेस प्रदेशमा वडाअध्यक्षमा ८३०४ , सदस्यमा ११८८६ ,महिला सदस्यमा ५८०२ र दलित महिला सदस्यमा ५५०१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।२०७४ को स्थानीय निर्वाचनमा भने देशभरका ७ सय ५३ पालिकामा गरि १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

यसैबीच मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ । हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछन् ।

यस्तै भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पर्सि १५ गते साँझ पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण