सहिद पत्नीलाई पाखा लगाएर मुख्यमन्त्रीले बनाएआफ्नी पत्नीलाई उपाध्यक्षको उम्मेदवार



वीरगन्ज ,१३ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनी पत्निलाइ पर्साको जगरनाथपुर गाँउपालिकामा उपाध्यक्षको उम्मेदवार बनाउनु भएको छ । मुख्यमन्त्री राउतकी श्रीमति जलेखा खातुनले सोमवार गाँउपालिका उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराउनु भएको हो ।उहाले जनता समाजवादी पार्टी (जसपा) बाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिनु भएको हो ।मधेस आन्दोलका शहिद परिवारलाइ टिकट नदिएको मुख्यमन्त्री राउतको दल जसपाले मुख्यमन्त्रीकै जोडबलमा उहाकी पत्नि खातुनलाइ भने पालिका उपाध्यक्षमा उम्मेदवार बनाएको हो ।

मधेस आन्दोलनका शहिद सोहन साह कलवारकी पत्नि विनिता साह कलवालाइ जसपाले टिकट नदिएपछि हिजो उहाले विवेकशील साझा पार्टीबाट वीरगन्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । जबकी शहिद पत्नि विनिता , २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित पनि हुनु भएको थियो ।राजनीति र पार्टीमा खासै सकृय नहरेकी मुख्यमन्त्रीकी पत्नि खातुनलाइ मुख्यमन्त्री राउतले पार्टीमा आफनो जोडबल गरेर उपाध्यक्षको उम्मेदवार बनाएको आरोप छ ।यसअघि मुख्यमन्त्री राउतले पत्नि खातुनलाइ चुनाव लडाउने तयारी गरेपछि असन्तुष्ट बनेकी जसपा नेतृ एंव निर्वतमान गाँउपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले डेढ हप्ता पहिले जसपा त्यागेर माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो ।

जगरनाथपुरको गाँउपालिका उपाध्यक्षमा , निवर्तमान उपाध्यक्ष बिस्मल्लाह खातुनका पति महम्मद सरिफ गद्धीले पनि माओवादी केन्द्रबाट उम्मेदवारी दिनु भएको छ ।उपाध्यक्षमा काँग्रेसबाट बबीता सिंह , नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवीले पनि उम्मेदवारी दिनु भएको छ ।जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा भने वर्तमान अध्यक्ष जालीम मियाका आफनै सहोदर भाइ महम्मद सलीम मन्सुर सहित १४ जनाले उम्मेदवारी दिएका छन् ।मन्सुरले एमालेबाट मनोनयन दर्ता गराउनु भएको हो ।

पालिका अध्यक्षममै काँग्रेसबाट श्रीकान्त यादव , माओवादी केन्द्रबाट मालती उपाध्याय , जसपाबाट कृष्ण मोहन यादव , लोसपाबाट महम्मद अफताब मियाँ ,जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ ।पालिका अध्यक्षमै स्वतन्त्रबाट सेवालाल महत्तो कोइरी , इब्राहिम अन्सारी , गोपिचन राउत कुर्मी , मुस्तुफा आलम ,महम्मद कलीम मन्सुरी ,चन्द्रशेखर प्रसाद यादव ,अयुब अली अहमद र महम्मद नूर हसन मियाले मनोनयन दर्ता गराउनु भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन