आफना बुबा स्वर्गीय गोपाल गिरीका अधुरा सपनाहरु पुरा गर्न उम्मेदवारी दिएको पत्रकार , गिरी



वीरगन्ज ,१३ वैशाख । वीरगन्ज महानगरपालिकाको मेयरमा राप्रपाबाट उम्मेदवारी दिएका पत्रकार गिरिश गिरीले पुर्वमेयर आफना बुबा स्वर्गीय गोपाल गिरीका अधुरा सपनाहरु पुरा गर्न मेयरमा चुनाव लड्न लागेको बताउनु भएको छ । मेयरमा मनोनयन दर्ता गराएपछि सन्चारकर्मीसंगको कुराकानीमा गिरीले यस्तो बताउनु भएको हो ।उहाले वीरगन्ज महानगरपालिकाको मेयरमा आफनो उम्मेदवारी अचानक नभइ लामो समय देखिको चहानाको उपज भएको बताउनुभयो ।

वीरगन्जको विकास र समृद्धिका लागि आफनो हजुर बुबा र बुबाले देखेका सपनाहरु अधुरा रहेकाले त्यही अधुरा सपनाहरु पुरा गर्न नै आफुले उम्मेदवारी दिएको उहाले बताउनुभयो ।आफना पुर्वजहरुको बलिदानी र सपना पुरा गर्न चुनावी मैदानमा आफु उत्रिएको गिरीले बताउनुभयो ।बुबा स्वर्गीय गोपाल गिरीले मेयर भएका बेला शुरु गरेका कामहरु १८ वर्ष देखि जहाको त्यहि रहेको भन्दै उहाले १८ वर्ष पहिले लिएको रेल्वेको जग्गामा आज सम्म विपी उद्यान बन्न नसकेको गुनासो गर्नुभयो ।

उहाले वीरगन्जको शिक्षा क्षेत्रमा समाजवाद ल्याउने लक्ष्य लिएको पनि बताउनुभयो । वीरगन्ज चानचुने शहर नभइ काठमाण्डौ पछिको सबै भन्दा पुरानो इतिहास बोकेको शहर भएको उहाको भनाइ छ । तर वीरगन्जमा भौतिक पुर्वाधारको विकास लथालिङ भएको , इतिहास बोकेका यहाका शिक्षण संस्थाहरु धराशायी बन्दै गएको भन्दै गिरीले यीनै कामहरु मुख्य प्राथमिकतामा रहने बताउनुभयो ।वीरगन्ज अमेरीकाको न्युयोर्क , अष्टेलियाको सिड्नी र भारतको मुम्बइ सहर जस्तै भएपनि अहिले सम्मको नेतृत्वले वीरगन्जलाइ तहस नहस पारेको आरोप उहाले लगाउनुभयो ।

आफनो एउटै लक्ष्य भनेको स्वर्गीय गोपाल गिरीले २०६० साल माघ १ गते बलिदानी दिने बेलाका उहाका सपनाहरु जुन बिन्दुमा गएर रोकिएका थिए , वीरगन्जको विकास क्रम जहा गएर थामिएको थियो आफुले त्यहि विन्दुबाट काम शुरु गर्न चाहेको र वीरगन्जलाइ उसको हक अधिकार दिलाउने उहाको भनाइ छ । यदि सबैले साथ दिएमा आफुले मेयरमा जित्ने विश्वास लिएको पनि उहाले बताउनुभयो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले वीरगन्ज महानगरपालिकाको मेयरमा पत्रकार गिरिश गिरीलाइ उम्मेदवार बनाएको हो । गिरीका बुबा गोपाल गिरी वीरगन्जको मेयर रहेकै बेला २०६० साल माघ १ गते तत्कालीन नेकपा माओवादीले गोली हानी हत्या गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन