चितवनमा निर्वाचन सामाग्री आइपुग्यो
भरतपुर, १३ वैशाख ।जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचन सामाग्री आइपुगेको जनाएको छ । मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामाग्री सोमबार राती आइपुगेको हो । २ ट्रक सामाग्रीलाई कार्यालय परिसरमा मिलाएर राखिएको छ । स्वस्तिक छाप, मसी, नङमा लगाउने मसी, स्ट्याम्प प्याड, मतपत्र, सीलहरु, छेकाबार लगायतका ५८ प्रकारका निर्वाचन सामाग्रहरु आइपुगेका छन् ।