शेयर बजार १५ अङ्कले घट्यो



काठमाण्डौ ,१३ वैशाख । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो सोमवार झन्डै ३५ अङ्कले घटेको नेप्से आज १५ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय २८ वटा कम्पनीका ३४ लाख १९ हजार कित्ता शेयर एक अर्ब चार करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिद्धार्थ बैंकको चार करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनर र मल्टिपर्पोज फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान