ट्रक र जीप ठक्कर खाँदा एक जनाको मृत्यु



वीरगन्ज ,१४ वैशाख । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै हिजोराति ट्रक र जीप ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप आपसमा ठक्कर खाँदा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षीय अजय सहनीको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान