पोखरिया अस्पतालमा हिजोदेखि शल्यक्रिया सेवा सुरु



वीरगन्ज ,१४ वैशाख । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा हिजोदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पताल स्थापना भएको लामो समय बितिसक्दा पनि यो अस्पतालमा शल्यक्रिया गरिएको थिएन । हिजो पहिलोपटक शल्यक्रिया भएको हो ।

वीरगंज उद्योग वाणिज्य सङ्घ र निक साइमन संस्थाले शल्यक्रियाको लागि आवश्यक यन्त्र र प्राविधिक सहयोग गरेपछि चैत १ गते उद्घाटन गरिएको थियो । उद्घाटन भएको करीब डेढ महीनापछि हिजो पहिलोपटक सफल शल्यक्रिया भएको मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय गुप्ताले बताउनुभयो । उहाँसहित डा मोताब अन्सारी सम्मिलित प्राविधिक टोलीले वीरगंज महानगर प्रसौनी घर भई माइती धोबिनी गाउँपालिका–३ हरपुर निवासी गर्भवती चन्द्रमाला देवीको शल्यक्रिया गरेको हो ।

उहाँको यसअघि एक छोरा र एक छोरी छन् । पोखरिया अस्पतालमा गरिएको पहिलो शल्यक्रियाबाट पनि चन्द्रमालाको छोरा जन्मिएको मेसु डा गुप्ताले बताउनुभयो । दुवैजनाको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । लोसपाका नेता नेजामुद्दीन समानीले लामो सङ्घर्षपछि पोखरिया अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएको र यस भेगका मानिसहरू खुशी भएको बताउनुभयो । पोखरिया अस्पतालमा शल्यक्रिया सेवा नहुँदा वीरगंज र भारतीय सीमावर्ती अस्पतालहरुमा जानुपर्ने बाध्यता भने अब हटेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन