म्यादी प्रहरी आजबाट परिचालन



वीरगन्ज ,१४ वैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताउनुभयो । म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ । म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५४८ जना पूर्व सैनिकले समेत आवेदन दिएका थिए ।

आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन् । पूर्व प्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजारभन्दा बढीले यस पटक पनि भर्नाका लागि आवेदन दिएका थिए । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् । लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता केसीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण