मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने



वीरगन्ज ,१४ वैशाख । स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा हिजो उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग