जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय



काठमाण्डौ ,१४ बैशाख । सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग