नेपालमा फेरि लोडसेडिङ सुरु हुने
वीरगन्ज ,१५ वैशाख । नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि बुधबारबाट औद्यागिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो ।
घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सम्बन्धी सूचना जारी गरिने बताउनुभयो । उहाँले भारतबाट बिजुली पाउन छाडिसकिएकोले करिब १०÷१५ दिन औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्ने बताउनुभयो । प्राधिकरणले अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको जनाएको छ ।