३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग निर्वाचन आयोगको सिफारिस



काठमाडौं,१५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ ।विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण