नेपाल पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाण्डौैं,१५ वैशाख । नेपाल पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ ।पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।१८ जना निको भएसँगै नेपालमा अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई सय ४९ जनामा झरेको छ । २४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप एक लाख २ हजार ५ सय ४३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।