नेपालको खराब ब्याटिङ जिम्बावेलाई सामान्य लक्ष्य
काठमाडौं,२३ बैशाख । नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । सुरुवात देखि खराब ब्याटिङ गरेको नेपालले टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट भएको छ।नेपालका सोमपाल कामीले ७० बलमा सर्वाधिक ३० रन बनाए ।
करण केसीले ३६ बलमा २५ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।ओपनर कुशल भुर्तेल १९ रनमा,आसिफ शेख ५ रनमा,रोहित पौडेललाई ३,दीपेन्द्र सिंह एरी १८ रनमा,आदिल अन्सारी २ रनमा क्याच भए ।