बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुसंग सरावगीको अपिल
वीरगन्ज ,२५वैशाख । वीरगन्ज महानगरको नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुसंग अपिल गर्नु भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा आयोजित चुनावी रात्रीसभालाइ सम्बोधन गर्दै सरावगीले जसपाका उम्मेदवारलाइ लक्षित गर्दै बाहुबली र गुण्डागर्दीलाइ बढावा दिनेहरुबाट सचेत रहन मतदाताहरुलाइ आग्रह गर्नु भएको हो ।
विपक्षीहरुसंग वीरगन्जको विकासको कुनै एजेण्डा नै नभएको जिकिर गर्दै सरावगीले बाहुबल र गुण्डागर्दी मात्र उनिहरुको पहिचान र एजेण्डा भएको आरोप लगाउनुभयो । उनिहरुले भाषण गर्दा पनि बाहुबलीकै शैली अपनाइरहेको भन्दै सरावगीले हामी दुइ जना मिलि सक्यौ अब हामी सबैलाइ देखाइ दिन्छौ भन्दै हिडेकाहरुसंग वीरगन्जको विकासका लागि भने कुनै एजेण्डा नरहेको बताउनुभयो । विपक्षीहरुले वीरगन्जलाइ लुट्ने , वीरगन्जमा गुण्डागर्दीलाइ बढावा दिने संकल्प मात्र लिएको उहाको भनाइ थियो ।
ठेक्कामा लिए बापत स्वीमीङ पुल र मिना बजार कम्प्लेक्सको करोडौं बक्यौता रकम अहिले सम्म पनि महानगरपालिकालाइ नतिरेको आरोप पनि सरावगीले लगाउनुभयो । योसंगै सवारी करको ठेक्कामा मुद्धा हारेपछि महानगरपालिकालाइ तिर्नु पर्ने १ करोड ५० लाख रुपैया पनि अहिले सम्म नबुझाएको सरावगीले आरोप लगाउनुभयो ।
सरावगीले जुन मान्छेले महानगरपालिकाको ६÷७ करोड रुपैया खाएर बसेको छ त्यो मान्छे यदि मेयर बन्यो त्यसले वीरगन्जको के विकास गर्छ ? जनताले यो कुरा बुझन जरुरी रहेको बताउनुभयो ।