पर्सामा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन
वीरगन्ज ,२५वैशाख । पर्सामा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने मधेश प्रदेश निर्वाचन कार्यालयले बताएको छ ।
स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ । पर्सामा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको निर्वाचन कार्यालयको भनाइ रहेको छ ।
यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको छ ।