फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ः पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले बृद्धि



वीरगन्ज, ९ जेठ । नेपाल आयल निगमले आईतवार रातिबाट लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर दुई सय रुपैयाँ मूल्य बढाएको हो ।अब पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।निगमले गत वैशाख ३१ गते पनि प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । रुस र युक्रेन युद्धका कारण यतिबेला अन्तर्राष्ट्रिय बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि निरन्तर भइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग