मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम विजयी



वीरगन्ज,१० जेठ । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी हनु भएको छ ।महानगरका ३२ वटै वडाको आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार , मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी हुनु भएको हो ।

नेकपा एमालेका मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित हुनु भएको हो । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाउनु भएको छ ।

यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरिले भने ३ हजार ३ सय १३ मत पाउनु भएको छ ।यसअघि २०७४ को निर्वाचनमा भने वीरगन्ज महानगरको मेयरमा तत्कलीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेका विजय सरावगी निर्वाचित हुदा , तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान १२ हजार १ सय ६५ मत का साथ तेश्रो स्थानमा सिमित हुनु भएको थियो ।

महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाइ तेब्बर भन्दा बढि मत अन्तरले पराजित गर्दै गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित हुनु भएको हो ।

उपमेयरमा विजयी भएका आलमले ३० हजार ७८ मत ल्याउदा उहाका निकटतम प्रतिद्वन्द्वी झाले भने ९ हजार ५ सय ६८ मत पाउनु भएको छ । आलमले झालाई २० हजार ५ सय १० मत अन्तरले पराजित गर्नु भएको हो । मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन