भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी निर्वाचित



भरतपुर,१० जेठ । भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालको लागि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित हुनुभएको छ ।भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ । मेयरमा दाहाल १२ हजार ४ सय ४९ मतान्तर सहित विजय हुनुभएको हो ।

यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याउनुभएको छ । यस्तै महानगरको उपमेयरमा गठबन्धनकै साझा उम्मेदवार नेपाली काङग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी हुनुभएको छ । उहाँ आफ्नो प्रतिस्पर्धि राप्रपाको उम्मेदवार हिमला गुरुङसँग २२ हजार १ सय ९१ मतान्तरले विजयी हुनुभएको हो ।

उपमेयरमा अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनु भएको छ । यसअघि २०७४ मा भएको स्थानिय निर्वाचनमा पनि काङग्रेस माओवादीको गठबन्धनले भरतपुरमा मेयर उपमेयर जितेको थियो । यसपटक पनि काङग्रेस माओवादी सहितको पाँच दलीय गठबन्धनले भरतपुरको मेयर उपमेयरमा वाजी मारेको छ । मेयर दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो भने उपमेयर अधिकारी पहिलोपटक निर्वाचित हुनुभएको हो । यसअधि भरतपुरको उपमेयरमा काङग्रेसबाट पार्वती शाह ठकुरी निर्वाचित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान