काठमाण्डौ महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो



काठमाण्डौ,१० जेठ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५० हजार नाघेको छ ।साहले ५० हजार ३० मत पाउनु भएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत पाउनु भएको छ । सिंह साहभन्दा १९ हजार २ सय ६३ मतले पछाडि हुनुहुन्छ । यस्तै, एमालेका केशव स्थापितले ३० हजार १५ मत पाउनु भएको छ । महानगरको अहिलेसम्म १ लाख ५० हजार ५ सय १६ मत गनिसकिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान