१५ औं गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ जना कैदी रिहा



वीरगन्ज,१५ जेठ । १५ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन् । वीरगन्ज कारागारबाट ३५ जना पुरुष ३ जना महिलागरी ३८ जना कैदी रिहा भएका हुन् । कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान २१ जना, सरकारी किर्ते १ जना ,सवारी ज्यान मुदाका ३ जना ,चोरी मुद्धाका १ जना , डाका मद्धाका २ जना , बहुबिबाह २ जना , काठचोरी मुद्धाका १ जना , रहदानी चोरी १ जना ,ज्याय मार्ने उद्योगका १ जना गरी ३८ जनाको रिहा गरिएको छ । मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरुको रिहा गरिएको पर्सा कारागार प्रमुख कृष्ण गैरे बताउनुभयो ।

रिहा हुनेमा असल चाल चलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकार प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दा बाहेकका कैदीहरुलाई रिहा गरिएको उहाले बताउनुभयो । रिहा भएका कैदीहरुलाई अबिर टिका लगाई विदाई गर्दै कारागार प्रमुखले समाजिक करणको प्रकृयामा सफलता मिलोस् र कुनैपनि अपराधिक गतिविधिमा संलग्न नहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । लागु औषध, भ्रष्ट्रचार, मानव तस्कर, सर्वोसहित जन्मकैद र चेलीबेटि बेचविखन लगायत १९ प्रकारका गम्भिर मुद्धा हो ।

यी मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेपनि आम माफि पाउँदैन । हाल पर्सा जिल्ला कारागारमा ४८ जना महिला सहित १३२९ जना मध्ये कैदीबन्दीहरु विभिन्न मुद्धामा जेल सजाय काटि रहेका छन । यस कारागारबाट पुरुष कैदीहरुको सिफारिस गरिएपनि कानुन बमोजिम मापदण्ड पुरा नभएपछि महिलाहरुको आममाफीको लागि सिफारिस नगरिएको कारागार प्रमुख गैरे बताउनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार देशभरीकै कारागारबाट कैदी रिहाको बाँकी कैद सजाय मिनाहा गर्नुभएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन