कोभ्याक्समार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप आउँदै



काठमाडौँ, १५ जेठ । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ ।कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो ।पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा। रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा।

मरासिनीको भनाइ छ ।उहाँका अनुसार ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको छ ।स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन