जंगलमा अन्दाजी ५० वर्ष उमेर भएका पुरुषका शव फेला



प्रमोद यादव
सखुवाप्रसौनी,१५ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ नजिकै पर्ने राष्ट्रिय वनमा एक जना पुरुषको शव फेला परेको छ । जंगलमा अन्दाजी ५० वर्ष उमेर भएका पुरुषको पचिान खुलेको छ । मृतक पुरुष सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ का जोखु अंसारी रहेको प्रहरीले जनाएको छ । आज बिहान ११ बजे तिर घाँस दाउरा गर्न जंगलमा गएका स्थानीयले ती पुरुषको शव रुखमा झुण्डिएको देखेपछि प्रहरीलाइ खबर गरेका हुन् । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको छ । मृतक दीर्घ रोगी रहेको र मानसिक सन्तुलन पनि ठीक नभएको स्थानीयले बताएपनि मृतकको शव रुखमा झुण्डिएको अवस्थमा फेला परेपनि मृत्युको कारण यकिन नभएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण आत्महत्या वा हत्या होे भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन