दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सरकारले सन्चालनमा ल्याउने घोषणा



वीरगन्ज,१६ जेठ । दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सरकारले सन्चालनमा ल्याउने घोषणा गरेको छ । हिजो संसदमा आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भइ रुंग्ण अवस्थामा पुगिसकेको वीरगन्ज चिनी कारखाना ,सरकारले पुर्नसंचालनमा ल्याउने घोषणा गर्नु भएको हो । यसका साथै बन्द रहेको वीरगन्जको कृृषि औजार कारखाना पनि सन्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिएको अर्थमन्त्री शर्माले बताउनुभयो ।

लामो समय देखि बन्द भइ रुग्ण अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना उपयुक्त ढाँचामा सन्चालनमा ल्याइने अर्थमन्त्री शर्माले बताउनुभयो । तर कुन ढाँचामा सन्चालन गर्ने भन्ने विषयमा बजेटमा खुलाइएको छैन । पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसानलाइ पाल्दै आएको वीरगन्ज चिनी कारखाना बन्द भएको दुइ दशक भइसकेको छ ।

तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ साल देखि सन्चालनमा ल्याएको वीरगन्ज चीनी कारखाना २०५९ सालमा बन्द भएको हो । तात्कालीन शाही सरकारले चिीनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औजार कारखाना पनि दुइ दशक देखि नै बन्द छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण