आजदेखि कक्षा १२ को परीक्षा सुरु
वीरगन्ज,१६ जेठ । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । आजदेखि सुरु परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ । परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका छन् ।