तारा एयर विमान दुर्घटना अपडेट : २२ जनामध्ये १६ जनाको शव भेटियो



काठमाडौं,१६ जेठ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ ।

अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ । शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताउनुभयो । हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज बिहान मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

हिजो विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। विमानमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका थिए । विमान दुर्घटनाग्रस्त भएपछि गाउँ नै शोकमा डुबेको छ। गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना रहेका थिए। जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग