आईपीएल क्रिकेटको उपाधि नवप्रवेशी टोली गुजरातले जित्यो



काठमाडौं,१६ जेठ । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १र१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन बनाए भने याशभी जैसवालले २२ रन, रियान परागले १५ र सञ्जु सामसनले १४ रन बनाए । गुजरातका हार्दिक पाण्डेयले ३, रविश्रीनिभासन साइ किशोरले २ विकेट तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एकरएक विकेट लिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
हार्दिक पाण्ड्यालाई भारतको राष्ट्रिय टिमको कप्तान नियुक्त
आइसिसी विश्वकप लिग–२ नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै