यस्तो अवस्थामा भेटिए दुर्घटनामा परेका यात्रुका शवहरू, ११ तस्वीरहरू



काठमाडौं,१६ जेठ । आइतवार बिहानबाट सम्पर्कविहीन भएको तारा एअरको एउटा यात्रुवाहक विमान दुर्घटनास्थलमा १४ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ। विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरूमध्ये कोही पनि जीवीत रहेको संकेत नदेखिएको उद्धारकर्ताले जनाएका छन् ।

यद्यपि अझै कोही जीवित भेटिनसक्ने अनुमानमा खोजी कार्य जारी छ। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटना भएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताएका थिए। सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका थिएः “खोजी तथा उद्धार कार्यमा संलग्न फौजहरूले विमान दुर्घटना स्थल भौतिक रूपमा पत्ता लगाएका छन्।”

विमान सञ्चालक तारा एअरले पनि एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाग्रस्त भेटिएको घटनाले स्तब्ध बनाएको जनाएको छ। त्यसैगरी विमान दुर्घटना स्थलमा पुगेका एकजना स्थानीय ईन्द्र सिंह शेरचनले विमान क्षतविक्षत अवस्थामा भेटिएको बताएका छन्। “विमान क्षतविक्षत अवस्थामा खोँचमा परेको छ। मान्छेहरू पनि देखिन्छन्,” दुर्घटना स्थलबाट शेरचनले भने।

पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको विमान सम्पर्कविहीन भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त ट्विनअटर नाइनएनएइटी विमानमा चालकदलका तीन जनासहित २२ जना सवार थिए। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदरकुण्ड जान स्वदेशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्। जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ। तारा एअरले विमानमा चार जना भारतीय, दुई जर्मन र बाँकी नेपाली नागरिक रहेको जनाएको छ। शौ डिसी नेपाल

हेर्नुहोस् घटनास्थलबाट प्राप्त तस्वीरहरू –


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग