१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल ८ रनमा अलआउट हुँदै पराजित



काठमाडौं,२१ जेठ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ ।जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्।अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् ।

त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् ।ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १÷१ रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् ।

यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमवार भुटानसँग खेल्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग