मालपोत कार्यालय पर्साले लालपुर्जा अर्थात जग्गा धनि प्रमाण पुर्जा वितरण गर्न बन्द



वीरगन्ज,२५ जेठ । मालपोत कार्यालय पर्साले लालपुर्जा अर्थात जग्गा धनि प्रमाण पुर्जा वितरण गर्न बन्द गरेको छ । लालपुर्जा सकिएको हुँदा हिजोदेखि सेवाग्राहीलाई लापुर्जा वितरण गर्न नसकेको प्रमुख मालपोत अधिकृत ऋषि कुमार दाहालले जानकारी दिए । विभागबाट १२ गतेपछि मात्रै लालपुर्जा आउने जानकारी प्राप्त भएको दाहालको भनाई छ ।लालपुर्जा वितरण सेवा केही समय बन्द भएपनि लिखित पारीत, जग्गा किनबेच लगायतका अन्य सेवा भने सुचारु रहेको दाहालले बताए । यता लालपुर्जा लिन आएका सेवाग्राही भने खाली हात फर्किन बाध्य छन् । सेवाग्राहीबाट कर लिएपनि समयमै सेवा दिन नसक्नु सरकारको प्रवृतिप्रति सेवाग्राहीले आक्रोश पोखेका छन् ।कार्यालय प्रमुखसँगै अन्य कर्मचारीहरुले आवश्यक्ताको आधारमा लालपुर्जा मगाउनुपर्ने सेवाग्राहीको भनाई रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण