वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेपछि यस क्षेत्रका किसानहरु खुशी
वीरगन्ज,३१ जेठ । दुई दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेपछि सबै भन्दा बढि खुशी यस क्षेत्रका किसानहरु भएका छन् । कारखानाका कर्मचारी पनि चिनी काराखाना पुन सन्चालनमा आउने भनेर उत्साहित देखिएका छन् । तर कतिपयले भने सरकारको यो चुनावी स्टण्ट मात्रै भएको भनेर पनि टिप्पणी गरिरहेका छन् । लामो समय देखि बन्द भइ रुग्ण अवस्थामा पुगेको वीरगन्ज चिनी कारखानामा अहिले पनि रेखदेखको लागि भन्दै महिनाको साढे तीन लाख भन्दा बढी रकम कर्मचारीको तलबमा खर्च भइरहेको छ ।
यो अवस्थामा कारखाना संचालनमै आउँदा धेरै किसान र मजदुरलाई राहत हुने भन्दै उनीहरुले खुसी व्यतm गरेका हुन् ।पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसानलाइ पाल्दै आएको वीरगन्ज चिनी कारखाना बन्द भएको दुइ दशक भइसकेको छ ।वीरगन्ज चिनी कारखाना संचालनमा रहेको समयमा तराई मधेशकै आधिकाशं जिल्लाका किसानहरु लाभान्वित हुँदै आएका थिए ।
तर चिनि काराखाना बन्द भएको समयदेखी हालसम्म २० वर्ष वितिसक्दा पनि वर्षैपिच्छे चिनी काराखाना संचालनमा ल्याईने भनिएपनि किसानहरुले वर्षाैदेखी दुख भोग्दै आएको पर्साको पकाहामैनपुर गाँउपालिकाको हसवाकी किसान सुरभि देवीले बताउनुभयो । चिनी मिल चलेका बेला परिवार पाल्न कुनै समस्या नहुने गरेको स्मरण गर्दै उहाले तर कारखाना बन्द भएपछि भने किसानहरुको विजोग नै भएको बताउनुभयो ।
अहिले फेरि सरकारले चिनी कारखाना सन्चालनमा ल्याउने घोषणा गरेको भएपनि यस्ता आश्वासन वर्षैपिच्छे आउने गरेकोले विश्वस्त हुन नसकेको सुरभी देवीले बताउनुभयो । बेला बेलामा चिनि कारखाना संचालनमा ल्याईने आश्वासनले आश पलाए पनि निराशामा परिवर्तन हुने गरेको बाराकी किसान फुलमती देवीको दुखेसो छ । गरीब किसानको जीवनस्तरमै बदलाव ल्याउन सक्ने वीरगन्ज चिनी कारखाना संचालनमा आउने कुरा पटक पटक सुन्दै आएपनि अहिले सम्म त्यो लागु भने हुन नसकेको उहाको प्रतिक्रिया छ ।
वीरगन्ज चिनी कारखाना संचालनमा आए श्रीमान् छोराहरुलाई खाडी मुलुकमा पठाउन नपर्ने उहाले बताउनुभयो । वीरगन्ज चिनि कारखानाको प्रशासन प्रबन्धक अवधेश किशोर सिँहले भने बेला बखतमा चिनि मिल संचालनमा ल्याईने सरकारी आश्वासन बाडिए पनि संचालनका लागि वृहत छलफल हुन आवश्यक रहेको बताउनु भयो ।