बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल



जनकपुर, २ असार । मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले बजेट परम्परा धान्ने र टालटुले मात्र रहेको बताउनुभएको हो ।

“बजेटमा प्रादेशिक गौरबका योजनाहरू आउनुपर्दथ्यो, त्यो हुनसकेको छैन्”, पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “अहिलेको बजेटमा युवाहरूको बेरोजगारीको सबाललाई जोड दिनुपर्ने थियो, त्यो पनि छैन । कृषि उत्पादन र किसानहरूलाई सहजरूपमा मलखाद र बीउबिजन उपलब्ध गराउने कुरा पनि बजेटमा छैन ।

”भौतिक पूर्वाधार विकासका कुरालाई बजेटमा प्राथमकिता नदिएको उल्लेख गर्दै नेता सोनलले समग्रमा अहिलेको बजेटमा खासै आकर्षण र नयाँपन नरहेको बताउनुभयो । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले अहिलेको बजेट चुनावमुखी र नेतामुखी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चुनावलाई केन्द्रित गरेर मन्त्रीहरूले बजेटमा आफ्नो क्षेत्रलाई प्राथमकिता दिएको आरोप लगाउनुभयो । नेता मण्डलले भन्नुभयो, “यसपालिको बजेटमा अधिकांश योजनाहरूमा रकम तोकिएरै विनियोजन गरिएको छ”, यो बजेटको साकारात्मक पक्ष हो उहाँको कथन थियो । (रासस)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण