रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न



वीरगन्ज,११ मंसिर । स्वास्थ्य र कल्याण” भन्ने मुल नाराका साथ वीरगंजमा शनिबार प्रथम रोट्रयाक्ट म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ प्रथम राजिव प्रसाद यादव, दोस्रो अमन साह गोढ र तेस्रो सतरोहन पटेल भएका छन । यस्तै, महिला तर्फ प्रथम प्रिति पटेल, दोस्रो कुषुम खातुन र तेस्रो अंजलि यादव भएको रोट्रयाक्ट क्लब अफ वीरगंज मेटरोपालिसका सचिव दिपु वर्णवालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५ हजार, ३ हजार ५ सय र २ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । वीरगंजको ठाकुरराम क्यामपसबाट सुरु भएको म्याराथन आदर्शनगर, माइस्थान, घण्टाघर, भारतिय राज दुतावास हुदै पुनः ठाकुर राममै पुगि सम्पन भएको थियो ।

रोट्रयाक्ट क्लब अफ वीरगंज मेटरोपालिसका अध्यक्ष आलोक रन्जन कर्णको अध्यक्षतामा ​भएको कार्यक्रममा प्रतियोगिताको समुदघाट्न जिल्ला प्रसासन कार्यालय प्रमुख उमेश ढकालले गरेका थिए।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालमा  आज थप  २४ जनामा ओमिक्रोन पुष्टि
नेपाल प्रहरीका २६ एसएसपीको सरुवा
प्रधानमन्त्री कप टी२० फर्म्याटमा खेलाउन राखेपले दियो स्वीकृति
प्रदेश नं २ मा धान उत्पादन घट्यो