निर्वाचन कार्यालय, पर्साले सञ्चालन गरेको मतदाता नामावली अभियानको क्रममा पर्सा जिल्लामा ३२ हजार ७९६ मतदाता थपिए



वीरगन्ज, २३ पुस । निर्वाचन कार्यालय, पर्साले सञ्चालन गरेको मतदाता नामावली अभियानको क्रममा पर्सा जिल्लामा महिला १६ हजार १३५ र पुरुष १६ हजार ६६१ जना गरी कुल ३२ हजार ७९६ मतदाता थपिएका छन् ।एक महीने विशेष अभियानको क्रममा २० हजार ३१५ तथा चालू आर्थिक साउनदेखि मङ्सिर १८ गतेसम्म स्थायी रूपमा शुरू गरिएको अभियानमा १२ हजार २१२ जना मतदाता थपिएका कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिनुभयो ।

मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म एक महीने अभियानको क्रममा विन्ध्यवासिनी गाउँपालिकामा पुरुष ७१३, महिला ७८६ गरी कुल १ हजार ४९९, पकाहामैनपुर गाउँपालिकामा पुरुष ३६५, महिला ६६० गरी १२९५ जना, धोबिनी गाउँपालिकामा पुरुष ५५३, महिला ५५० गरी ११०३, बहुदरामाई नगरपालिकामा पुरुष ६८२, महिला ६९६ गरी १३७८, पर्सागढी नपामा पुरुष १३३९, महिला १५१८ गरी २८५७, सखुवापरसौनी गाउपालिकामा पुरुष १११४, महिला १०८२ गरी २१९६, पोखरिया नपामा पुरुष ४८६, महिला ६७५ गरी ११६१ जना, छिपहरमाई गापामा पुरुष ७४२, महिला ६७३ गरी १४१५ जना, जगरनाथपुर गापामा पुरुष ९०६, महिला ९२४ गरी १८३० जना, पटेर्वासुगौलीमा पुरुष ७१७, महिला ७३१ गरी १४४८, जीराभवानी गाउपालिकामा पुरुष ५५५, महिला ५७६ गरी ११२६, ठोरी गाउपालिकामा पुरुष १ हजार, महिला १ हजार ३१ गरी २ हजार ३१, कालिकामाई गापामा पुरुष ४९२, महिला ४४८ गरी ९७६ जनाको नाम सङ्कलन भएको झाले बताउनुभयो ।

पालिकामा विशेष अभियान सञ्चालन गर्दा पुरुष ९ हजार ९२९, महिला १० हजार ३८६ गरी जम्मा २० हजार ३१५ जनाको नाम दर्ता भएको झाले बताइन् । त्यसैगरी पर्सा जिल्लामा साउन महीनादेखि मङ्सिरसम्म निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयबाट १२ हजार २१२ मतदाता नामावली सङ्कलन भएको छ ।

सो कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म बाहिरी जिल्लामा दर्ता गराउने ओडिआर अन्तर्गत १६९ जना छन् । अहिले पर्सा जिल्ला अन्तर्गत निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सुपौलीमा नामावली सङ्कलन शुरू भएको र चुनावको मिति नतोकिएसम्म जिल्लाका तीन ठाउँबाट छुटफुट भएका व्यक्तिहरूले नाम दर्ता गराउन सक्ने झाले बताउनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालमा  आज थप  २४ जनामा ओमिक्रोन पुष्टि
नेपाल प्रहरीका २६ एसएसपीको सरुवा
प्रदेश नं २ मा धान उत्पादन घट्यो
राष्ट्रिय सभा सदस्य निर्वाचन आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी