नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्दै



वीरगन्ज, २३ पुस । नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको अहिले केहिबेरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ । एमाले नेता विष्णु रिजालकाअनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटीले आज जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेले जिल्ला र प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । एमालेले गएको मंसिरमा चितवनमा १० औँ महाधिवेशन गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपालमा  आज थप  २४ जनामा ओमिक्रोन पुष्टि
नेपाल प्रहरीका २६ एसएसपीको सरुवा
प्रदेश नं २ मा धान उत्पादन घट्यो
राष्ट्रिय सभा सदस्य निर्वाचन आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी