नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या सामाधान



वीरगन्ज, २३ पौष । नेपाल टेलिकमको नेटवर्कमा सेवामा समस्या देखिएको छ । टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएको थियो । आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको टेलिकम जनाएको हो ।टेलिकमको सफ्टवयर अपग्रेड गर्ने क्रममा सो समस्या देखिएको नेपाल टेलिकम भरतपुरका कार्यलय प्रमुख नविन कुमार मिश्रले बताउनु भएको छ ।

त्यस्तै सडक विस्तारका क्रममा हेटौँडा र टाँडीमा लाइन काटिएकाले उक्त समस्या देखिएको उँहाले जानकारी गराउनुभएको छ ।अहिले भने उक्त समस्या पूर्ण सामाधान भएको छ ।

एनटिसी नेटवर्कमा देखिएको विभिन्न समस्याले आफ्ना एनटिसी प्रयोगकर्ताहरुमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमा मागेको र अबका दिनहरुमा यस्ता समस्याहरु आउन नदिन प्रयासरत रहेको भरतपुर टेलिकम कार्यलय प्रमुख मिश्रले बताउनुभयो ।यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने