घट्यो सुनचाँदीका मूल्य



काठमाडौँ, २३ पुस ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।(रासस)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उखु किसानको बक्यौता अझै बाँकी
वीरगन्ज नाकाबाट चार महिनाको अवधिमा निर्यात बढ्यो
इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्धारा बुटवलमा प्रदर्शन र चक्काजाम
दशैं विदामा पेट्रोलियम पदार्थको ढुवानी बन्द हुँदा पर्सा र बारामा पेट्रोलको अभाव