प्रधानमन्त्री कप टी२० फर्म्याटमा खेलाउन राखेपले दियो स्वीकृति



काठमाडौँ, २३ पुस । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी २० फर्म्याटमा आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोयिगता टी २० फर्म्याटमा गर्न लागिएको हो।
पुस २६ गतेदेखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले राखेपलाई टी२० फर्म्याटमा प्रतियोगिता आयोजना गर्नका लागि अनुमति मागेको थियो।
नेपाली टोलीले ओमानमा टी२० विश्वकप छनोट खेल्ने भएकाले खेलाडीलाई अभ्यस्त बनाउन पनि यस पटकलाई क्यानले राखेपसँग टी२० प्रतियोगिता गराउन अनुरोध गरेको थियो।
नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। छनोटको समय नजिकिदै गर्दा प्रतियोगिताको फर्म्याट परिवर्तन गरिएको हो। छनोटका लागि नेपाली टोलीले आफ्नो प्रशिक्षण समेत सुरु गरिसकेको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ले क्यानको अनुरोध राखेपले स्वीकार गर्दै प्रतियोगिता टी२० फर्म्याटमा गराउन अनुमति दिएको जानकारी दिए।
‘एकदिवसीय प्रतियोगिता गराउन समय अभाव छ। त्यसैले टी२० मा झार्न प्रस्ताव गरेका थियौं। उक्त प्रस्ताव आज राखेपबाट स्वीकृत भएको छ। अब टी२० फर्म्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने।
यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुने गरेको थियो।प्रधानमन्त्री कपमा ७ वटा प्रदेश र ३ विभागीय गरि १० टिमले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता २६ पुसबाट हुने भएसँगै क्यानले प्रशिक्षणमा सहभागी खेलाडीलाई छाड्ने जनाइएको छ।
प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३६ लाख ५० हजार विनियोजन गरेको छ। प्रतियोगिता १ करोड ४० लाख खर्च लाग्ने क्यानका कार्यबहाक सचिव मल्लले जानकारी दिए।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न
स्व राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको क्वाटर फाइनल चरणको तेस्रो दिनको खेलमा निर्मल समाज यूवा क्लब , ठोरी ४ विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपमा क्वाटर फाइनल दोस्रो दिनको खेलमा बिरगंज युनाइटेड क्लब , बिरगंज विजयी
स्वर्गीय राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फुटबल प्रतियोगितामा आज युनाइटेड सिमरा बारा र लालबन्दी ११ सर्लाही बिचको खेल हुदै माधव…