नारायणहिटी संग्रहालय परिसरमा बन्दै गरेको रेष्टुरेन्टको संरचना भत्काइयो



काठमाडौँ, २३ पुस । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो ।
बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काइएको छ ।
आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रेष्टुराँ परिसरमा बनेको थप संरचना भत्काउन पत्राचार गरेको बताउँदै कार्यकारी निर्देशक दाहालले थप संरचना भत्काउन लगाउनु भएको हो ।
२०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समुहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियोे । नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समुहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको हो ।पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभएको थियो। नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा समितिले छानबिन गर्नेछ । संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुराँका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।शौ— कालिका न्युज

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा