पर्सा ठोरीको १५० वर्ष पुरोना वस्ती शीकारीवासमा स्वास्थ्य सेवा सन्चालन



माधव तिमिल्सिना
ठोरी,१४ चैत । माधवसामान्य ज्वरो आउँदा समेत सिटामोल किन्न जङ्गल छिचोल्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गल भित्र रहेको पर्साको सिकारीवासमा स्वास्थ्य सेवा सन्चालनमा आएको छ । ठोरी गाँउपालिका वडा नम्बर ३ मा पर्ने आदिवासी थारु बाहुल्य गाउँ शीकारीवासमा यसअघि राज्यले प्रदान गरेको प्रत्यक्ष सेवा विद्यालयमात्र रहेको थियो ।ठोरीकै पुरानो गाउँ मध्येको एक शीकारीवास गाउँमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ठोरी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई सन्चालनमा ल्याएको ठोरी –३ का वडाध्यक्ष सुर्य बहादुर लामाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा नै सामुदायिक स्वास्थ्य इकाई सन्चालनका लागी ३ लाख रुपैया खर्च गरेर भवन निर्माण गरेको ठोरी गाउपालिकाले आज देखि स्वास्थ्य सेवा सन्चालन आरम्भ गरेको हो । सिकारीबासमा आज आयोजित एक कार्यक्रममा ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्दै स्वास्थ्य सेवा प्रारम्भ गरेको घोषणा गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सिकारीबासमा अत्यावश्यक खानेपानीको व्यवस्था गरिएको र स्वास्थ्य सेवा सन्चालनमा ल्याइएको बताउनुभयो । उहाले विद्युत सेवाका लागी प्रक्रिया समेत आरम्भ भैसकेको जानकारी गराएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।उद्घाटन कार्यक्रममा वडाध्यक्ष लामा , नेरामावि ओडारका विव्यस अध्यक्ष बल बहादुर श्रेष्ठ लगायत स्वास्थ्यकर्मी एवम् स्थानीयको उल्लेख्य सहभागिता थियो ।करीब ६० घरधुरी आदिवासी थारु समुदायको बाहुल्य रहेको १५० वर्ष भन्दा पुरानो गाउँ शीकारीवासमा पहिलोपटक प्रत्यक्ष स्वास्थ्य सेवा सन्चालनमा आएको हो ।

यस अघि सिटामोल किन्न समेत घना जङ्गल छिचोलेर ठोरी –४ को बिजयवस्ती वा ३ को बुद्धनगर पुग्नुपर्ने स्थानीय बासीलाई बाध्यता थियो । करीब २५० जनसंख्या बसोबास गर्ने सो क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न नियमित स्वास्थ्यकर्मी खटाइने वडाध्यक्ष लामाले जानकारी दिनुभयो । लामाले राज्यले निशुल्क प्रदान गर्ने सबै प्रकारको औषधिको प्रबन्ध गरेर सिकारीबासका स्थानीयले पाउनुपर्ने न्युनतम स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने