चैती छठ पर्वको मुख्य दिन आज सझिया घाट अस्ताउदो सुर्यलाई अर्घ दिईदै



वीरगन्ज, २४ चैत । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदैछन् । चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन आज अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ ।

जसलाइ सँझीया घाटे पनि भनिन्छ । छठको मुख्य दिन आज साँझ ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिन्छन् ।वीरगन्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि, नगवा, छपकैया लगायतका स्थानमा रहेका जलाशयहरुमा सरसफाइ र सामान्य सजावट गरि छठघाट तयार पारिएको छ । सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन भोलि बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।

यसअघि हिजो देखि निर्जला ब्रत लिएका ब्रतालुहरुले हिजै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए । चैती छठ पर्ब अस्ति मंगलवार देखि विधीवत रुपमा शुरु भएको हो । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

कात्तिक र चैत गरि वर्षमा दुइ पटक मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैते छठ , पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ । छठी माता प्रतिको आस्था र भक्ति बढ्दै गएकाले कात्तिके छठको जस्तै चैते छठ पनि मनाउनेहरुको संख्या बढ्दै गएको भोजपुरी संस्कृतिविद् उमाशंकर दुवेदीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन